दफा ३७
फोहोरपानी मिसाउन नहुने
(१) कसैले तोकिएको मापदण्ड विपरीत मानव मलमूत्र सहित वा रहितको फोहोरपानी ढल निकास प्रणालीमा विसर्जन गर्न वा मानव मलमूत्रलाई सिधै नदी, खोला, ताल, तलैया, जलाशय, मानव वस्ती वा सार्वजनिक जग्गामा मिसाउन वा पठाउन हुँदैन।

(२) कसैले आफूबाट उत्सर्जित फोहोरपानी ढल निकास प्रणालीमा “ मिसाउनु पर्ने भएमा प्रशोधन गरी प्रचलित कानून बमोजिम तोकिएको मापदण्डको सीमाभित्र रही मिसाउनु पर्नेछ।